You are viewing the translated version of म्याद नाघेका जीवनाशक विषादीको व्यवस्थापन.
Section 23
म्याद नाघेका जीवनाशक विषादीको व्यवस्थापन
(१) आयातकर्ताले पैठारी गरेका कुनै जीवनाशक विषादीको अवधि समाप्त भएमा आफ्नै खर्चमा सोको उचित व्यवस्थापन गर्नु पर्नेछ।
तर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गरेको जीवनाशक विषादीको हकमा उक्त बिषादीमा उल्लिखित म्याद भुक्तान हुने अवधिभन्दा एक महिना अगावै सम्बन्धित कम्पनी वा उद्योगले सोको उचित व्यवस्थापन गर्नु पर्नेछ।
(२) कुनै व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उच्चमीले जीवनाशक विषादी सम्बन्धी कारोबार गर्दा तोकिए बमोजिमको मापदण्डको अधीनमा रही म्याद नाघेका विषादीको “व्यवस्थापन आफैँले गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम व्यवस्थापन गर्दा म्याद समाप्त भएका प्रतिबन्धित, टुटेफुटे वा चुहिएका जीवनाशक विषादी सम्बन्धित विषादी कम्पनी, उद्योग तथा व्यक्तिले पैठारीकर्ता मार्फत नै फिर्ता लैजाने व्यवस्था गर्नु पर्नेछ। त्यस्ता विषादीलाई तत्काल भण्डारण गर्नको लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ।
(४) उपदफा (३) बमोजिम फिर्ता लैजाने तथा भण्डारण गर्ने सम्बन्धी मापदण्ड र कार्यविधि तोकिए बमोजिम हुनेछ।